फुटबल प्रिमियर लिगः उद्घाटन खेलमा वाइजीएफटी र शिखर एफसी भिड्ने

लङसिङ श्रेष्ठ
फागनु १९ गते, पथरी । दोस्रो इन्ट्रा पथरीशनिश्चरे फुटबल लिग आज सुरु हुँदैछ । दोस्रो संस्करण लिगको उद्घाटन खेल ‘बि एण्ड बि’ वाइजीएफटी र शिखर एफसीवीच कडा प्रतिस्पर्धा हुँदैछ ।

‘बि एण्ड बि’ वाइजीएफटीका अध्यक्ष नवीन ढकालले शिखरलाई पहिलो खेलमै तीन गोल गलाउँदै हराउने गरि तयारी गरेको बताए । आफ्नो टिममा सञ्जय राई, साइन राई, निमन लिम्बू, रुपेश श्रेष्ठ जस्ता राम्रो खेलाडी रहेकोले शिखर एफसीलाई सहजै हराउने उनले बताए ।

शिखर एफसीका रंजित कार्कीले साइमन लिम्बू, अर्जुन बस्नेत, निरज परियार (काउली), समिर कटुबाल जस्ता नेपालकै ‘बी’ डिभिजनका स्टार खेलाडीहरुले भरिने भएको हुँदा वाइजीएफटीको सपना चकनाचुर पारिदिने बताए ।

बुधबार प्रस्ताबित पथरी रंगलशालामा भेटिएका न्यु स्टार एफसीका अध्यक्ष बिरोज मगर, सिरिजंङ्गा एफसीका मौसम लिम्बू, द रियल ब्रदर्शका अध्यक्ष सञ्जोग राई, देबिगञ्ज एफसीका मदन राई लगायतले यो पटक निक्कै मिहिनेत गरेर मैदानमा खेलाडी उतार्न लागेको बताए ।

खेलमा पथरीशनिश्चरे नगरको सात र भुटानी शरणार्थी शिविरको एक गरी आठ वटा क्लबहरु लिग भिड्दैछ ।

सम्बन्धित खवर