भोलि अध्यक्ष ओली झापा आउने,सुखानी दिवश देखि प्रेस चौतारीको अधिवेशन सहित पाँचवटा कार्यक्रममा सहभागी हुने

फागुन २०, बिर्तामोड  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुखानी स्मृति दिवशका अवसरमा भोली झापा आउने भएको छ ।

एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेका अनुसार भोली ९.३० बजे अर्जुनधारा नगरपालिका स्थित सहिद सुखानी सहिद स्मारकमा गएर माल्यापर्ण गर्ने कार्यक्रम छ ।

११.३० मा कमल गाउँपालिका वडा नं ६ खयरबारीमा रतुवा(मावा तटबन्धको शिलान्यास गर्ने कार्यक्रम छ । यसैगरी दिउसो
दिनको १२.३० बजे बिर्तामोडको सिपी पार्टी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस लगत्तै १.३० बजे बिर्तामोडको सिटी सेन्टरमा रहेको साई पार्टी प्यालेसमा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशनमा सम्बोधन गर्ने कार्यतालिका छ ।

त्यसपछि बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजित पाँचौं झापा गोल्डकप समुद्घाटन गरी खेल हेर्ने कार्यक्रम रहेको छ ।
ओली २१ गते साँझ ६ बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ । ।

सम्बन्धित खवर