पोखरिया नगरपालिकाका वडाध्यक्ष सहित ५ सय ५० बढी नेता–कार्यकर्ता जसपा परित्याग गरी एमालेमा प्रवेश

चैत १ गते, काठमाडौ । नेकपा एमालेमा जनता समाजवादी पार्टी (जसपा) का सयौं नेता–कार्यकर्ता प्रवेश गरेका छन् ।

मंगलबार नेकपा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा गरेको पार्टी प्रवेश कार्यक्रममा पर्साको पोखरिया नगरपालिकाका वडाध्यक्ष सिमानन्द प्रसाद चौहानसहित ५ सय ५० बढी नेता–कार्यकर्ता जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । पार्टी प्रवेश गर्नेमा समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतो, ८० वर्षीया ठगिया देवी पासवान लगायत जसपाका नेता–कार्यकर्ता छन् ।

एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतका अनुसार एमालेमा प्रवेश गर्नका लागि पर्साबाट ८ वटा बस रिजर्भ गरेर उनीहरु भक्तपुर आएका हुन् । एमाले अध्यक्ष ओलीकै जिल्लामा आएर पार्टी प्रवेश गर्ने उनीहरुको इच्छा अनुसार युवा संघको संयोजनमा पार्टी प्रवेश कार्यक्रम राखिएको हो ।

सम्बन्धित खवर