जेठ ८ गते, रंगेली । मोरङको रंगेली नगरपालिकाको मेयर र उपमेयरसहित ४६ सिट एमाले एक्लैले जितेको छ । ४७ जनाको कार्यपालिका सदस्यमा एमाले एक्लैले ४७ टि जितेको हो ।
दिलिप कुमार बगडिया मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । बगडियाले १२ हजार ८ सय ६१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले ९ हजार ६१ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकै भुमाकुमारी पराजुली निर्वाचित भएकी छन् । उनले ११ हजार ७ सय ९० मत प्राप्त गरी विजयी भएका हुन । पराजुलीकी प्रतिद्वन्द्वी जनता समाजवादीका पन्नालाल मण्डल आधा मतको मतान्तरले पराजित भएका छन् । मण्डलले ५ हजार १ सय ७५ मत प्राप्त गरेका छन् ।
रंगेलीका ९ वटै वडामा नेकपा एमालेले वडाध्यक्षसहित सदस्यतर्फ ९९ प्रतिशत पद जितेको छ । वडा नं ६ को एउटा वडा सदस्यमा भने जनता समाजवादीकी सरस्वती देवी बहरदार निर्वाचित भइन् । रंगेलीमा प्रमुख प्रत्यासी रहेको नेपाली कांग्रेस नै एमालेको क्लिन स्वीपमा परेको छ । मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यसहित ४७ सदस्यीय कार्यपालिकामा एमालेले ४६ सिट जितेको हो ।
सत्तारुढ गठबन्धन अन्तरगत रंगेली नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा जनता समाजवादीले गठबन्धन गरेका थिए । कांग्रेससहित माओवादी पनि ‘क्लिन स्वीप’ भएको छ ।
रंगेलीका नेकपा एमालेबाट वडा नं १ मा महेश कुमार मण्डलले १ हजार ४४८, २ मा सन्तलाल खबासले १ हजार ८९४, ३ मा भरत राज प्रसाईंले १ हजार ३५४, ४ मा अवधेश कुमार मण्डलले ९७४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यसैगरी वडा नं ५ मा महानन्द केवरतले ९९८, ६ मा सुजितकुमार मण्डलले ९६१, ७ मा रामचन्द्र मण्डलले १ हजार ४४, ८ मा ढकप्रसाद आचार्यले १ हजार २२६ र ९ मा चुँडामणि रेग्मीले ९९५ मत प्राप्त गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।