रमाइलो जनएकता र दलेली साकोस विच एकिकरण हुदै

भदौ ३१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित रमाइलोमा रहेको रमाइलो जनाएकता र दलेली बचत तथा ऋण सहकारी विच एकिकरण हुने भएको छ ।

विहिबार एकता हुने दुवै संस्थालाई प्रदेश सहकरी रजिष्टर तथा प्रशिक्षण कार्यालयले एकिकरण हुने सम्बन्धी स्वीकृति दिएको छ । दुवै संस्थाले २०७९ भदौ ५ गते प्रदेश सहकरी रजिष्टर तथा प्रशिक्षण कार्यालयमा एकिकरण गर्ने सम्बन्धी पत्र दिएको थियो ।

प्रदेश सहकारी ऐन २०७६, नियमावली २०७६ र प्रदेश सहकरी एकिकरण कार्यविधि २०७७ बमोजिम दुवै संस्था एकिकरण हुने छ । दलेली बचत तथा ऋण सहकारी संस्था वडा नं. २ को दलेली बजारमा रहेको छ । साकोसको ४ करोडको सम्पती रहेको रहेको छ । अव छिट्टै एक कार्यक्रमको आयोजना गरी संस्था औपचारीक रुपमा एकिकरण गरिने रमाइलो जनएकता संस्थाका अध्यक्ष भोला प्रसाद अधिकारीले बताए ।

गत माघमा कानेपोखरी ६ मा रहेको दुई ठुला संस्था रमाइलो साकोस र जनएकता साकोस विच एकिकरण भएको थियो ।

सम्बन्धित खवर