बुधबार, बैशाख ९, २०८३

पथरीमा दर्जनौं माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश

असोज १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा नेकपा माओवादी केन्द्र छोड्ने लहर चलेको छ । यसैक्रममा पथरीका दर्जनौं नेता कार्यकर्ताहरुले आज माओवादी केन्द्र परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरेको छ ।

आज महानवमी पर्वको अवसरमा नेकपा (एमाले) पथरीशनिश्चरे नगर कमिटीले बाम–प्रजातान्त्रिक बुद्धिजीवीमाझ आयोजना गरेको भेटघाट कार्यक्रममा एमाले पार्टी प्रवेश गरेको हो ।

माओवादी केन्द्र परित्याग गर्नेहरुमा क्रमशः लक्ष्मी ढुंगेल दाहाल, नागेश काफ्ले, धनकुमार सुब्बा, रोहित बास्तोला, सुवाष लुइँटेल, लक्ष्मी लुइँटेल, षडानन्द अधिकारी, भवानी तिम्सिना, दयासागर तिम्सिना रहेका छन् । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य युवराज बास्कोटाले अबिर–टीका लगाएर स्वागत गरेका थिए ।

प्रवेशसँगै बोल्ने क्रममा युवा नेता रोहित बास्तोलाले एमाले स्थायी कमिटी सदस्य एवं संघीय जनप्रतिनिधि भानुभक्त ढकालले यहाँको हकमा असाधारण काम गरेको भए पनि समग्र एमाले नेतृत्व र विकास विरोधीले नराम्रो प्रचारप्रसार गरेको प्रति दुखेसो व्यक्त गरेका थिए ।

एमाले केन्द्रीय सदस्य युवराज बास्कोटाले राजनीतिक बैचारिक हिसावले सुझबुझपूर्ण एकीकृत कम्युनिष्ट आन्दोलन निर्माणको पक्षमा रहेको यो शक्तिलाई दिनभरि हराएको बच्चा साँझपख घर–आँगनमा आइपुग्यो भने आफ्नो प्यारो घर सम्झेर आयो भन्नुपर्छ, हराएको भन्न नमिल्ने बताए ।

नव प्रवेशीहरुलाई पार्टीको केन्द्रीय वन तथा वातावरण विभाग सदस्य अर्जुन क्षेत्री, नगरप्रमुख एवं पार्टी प्रदेश कमिटी सदस्य मोहनप्रसाद तुम्बापो, देवराज भण्डारी, दिलिपकुमार राईंले पनि खँदा ओडाएर सम्मान व्यक्त गरेका थिए । प्रवेश गर्नेमा अधिकांश शिक्षण पेशासम्बद्ध व्यक्तित्वहरू हुनुहुन्छ ।

कार्यक्रममा एमाले प्रदेश सदस्य विजय डाँगी, पर्शुराम मिश्र, जिल्ला सदस्य पार्थबहादुर बुढाथोकी, भगतचन्द्र थपलिया र राजु तिम्सिना, त्यसैगरी बुद्धिजीवी परिषद् जिल्ला सदस्य उपेन्द्र बस्नेत र सुरेश कटुवाल लगायतको पार्टी प्रवेश कार्यक्रममा प्रमुख भूमिका रहेको थियो । कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष रमेश दाहालले गरेका थिए भने कार्यक्रम सञ्चालन कार्यालय सचिव रोशन बुढाथोकीले गरेका थिए ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.