आइतवार, चैत्र २२, २०८२

सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकालाई जनताको प्रश्नै प्रश्न(फोटो फिचर)

फागुन १३ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले शुक्रबार वडा नं. २ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित जनताले स्थानीय सरकारलाई प्रश्नै प्रश्न उठाएका छन् । प्रश्नको उत्तरहरु पनि सहजरुपमा आएका छन् । वडा नं. ६ का शिक्षक प्रमोद निरौलाले शिक्षकहरुको तलब मासिकरुपमा पाउने व्यवस्था बनाउनु पर्ने, वडाबाट अंग्रेजी लिपिबाट सिफारिस रकम आधा घटाउनु पर्ने प्रश्न राखेका थिए । त्यसैगरी वडा नं. ७ का ग्रामिण सुधार सामुदायिक वन अध्यक्ष नविन राईले फोहोर मैला फ्याक्ने स्थान वनबाट पालिकाले हटाउनु पर्ने माग राखेका थिए ।त्यस्तै वडा नं. ५ का कविराज गुरुङले कृषि शाखाले वितरण गर्ने मल, विभिन्न विऊ, विरुवामा पहुच हुनेले मात्र पाउने गरेको प्रश्न गरेका थिए । उनले जग्गा धनीपुर्जा र नागरीकता भएका सवै व्यक्तिलाई फारम नभरी पनि जतिखेर गयो त्यती खेर दिनुपर्ने माग राखेका छन् । विगतमा वितरण गरिएका कृषि सामग्रिहरुको कृषि शाखाले अनुगमन गरेर लेखाजोखा राख्नुपर्ने बताए ।

त्यसैगरी वडा नं. २ का छत्र निरौलाले कृषि उत्पादन पछि बजारको लागि गाउँपालिकाले के गर्र्यो ? र रोजगार क्षेत्रमा कतिले रोजगार पाए भन्ने प्रश्न राखेका थिए । पत्रकार हरी कोइरालाले सहकारी दर्ता गर्ने र एकिकरण गर्ने ऐन कहिले बन्ने, गुन्द्रुक कार्यक्रममा घाटा भएको जस्ता कुराको प्रश्न राखेका थिए ।

वडा नं. २, दलेलीका देवनारायण राजवंशीले दलेलीको महाराज थानको नाममा रहेको जग्गा व्यक्तिको नाममा भएको, दलेली बजार क्षेत्र अतिक्रमण हुँदा स्थानीय र वडा सरकार चुप बसेको र चिसाङ खोलाको आफ्नै जग्गाको बालुवा गिटी पनि निकाल्न नपाईने गरेको प्रश्न उठाएका थिए ।

कार्यक्रमका सभाअध्यक्ष गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे र गाउँपालिका प्रवक्त तथा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीले प्रश्नहरुको उत्तर दिएका थिए । पालिकालाई अन्य उपस्थितहरुले लिखित रुपमा प्रश्न गरेका थिए । गाउँपालिका क्षेत्रका जनताले कहिले सम्म शुद्ध खानेपानी पिउने, किसानलाई सहजरुपमा मल कहिलेदेखी पाउने, शैक्षिक सुधार कसरी हुर्दैछ, स्वास्थ्य क्षेत्रमा सुधार कसरी हुर्दै, कृषि तथा पशु शाखाबाट किसानलाई सेवा प्रभावकारी कहिले देखी बनाउने जस्ता प्रश्नहरु गरेका थिए ।

प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेले गाउँपालिकाले अहिले सम्मको गरेको कार्य सम्पादन र हुदै गरेको कार्यक्रमहरु प्रस्तुत गरेका थिए । वडा नं. ५ मा रहेको खानेपानीको पाइप विस्तारको लागि ठेक्का लागि सकेको र शितभण्डारको लागि नीति तथा कर्यक्रम निर्माण गरिसकेको अधिकृत घिमिरेले बताए ।

कार्यक्रममा वडा अध्यक्षहरु रत्नबहादुर कार्की, सुशिल बुढाथोकी, रमेश राउत, चरण गुरुङ र खड्ग बस्नेत उपस्थित रहेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष गोपाल बहादुर कार्की र ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारी अनुपस्थित रहेका थिए । त्यसैगरी अन्य कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, नेकपा(एमाले)बाट नविन पौड्याल, नेपाली कांग्रेसबाट मेघनाथ मुखिया उपस्थित रहेका थिए । एमालेका नविन पौडेल, कांग्रेसका मेघनाथ मुखीया लगाएत जसपाले सुझाव दिएका थिए ।

कार्यक्रममा सूचना अधिकृत गोविन्द प्रसाद फुयल, स्वास्थ्य शाखाका प्रमुख रोहिन्द्र कुमार राजभण्डारी, इन्जिनियर रञ्जन निरौला, शिक्षा शाखाका प्रमुख वेग बहादुर काफले, लेखाशाखाका नारायण दंगाल, कृषि शाखाका प्रमुख सागर पौडेल, पशु सेवा शाखाका प्रमुख डम्बर कुमार राई, जिन्सी शाखाका यादव निरौला, पञ्जिकरण शाखाका चुडामणी कोइराला, प्रधानाध्यापक लगाएत सहभागि भएका थिए ।

कार्यक्रमलाई पत्रकार बाबुराम निरौलाले सहजिकरण गरेका थिए । कानेपोखरी गाउँपालिकाको आयोजना र भूल्के मिडियोको सहजिकरण रहेको थियो । कार्यक्रममा राजनितीक दलका प्रतिनिधि, क्लब तथा विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित भएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.