कानेपोखरीमा बेवारीसे अवस्थामा भेटिएका पुरुषको मृत्यु

जेठ १८, कानेपोखरी । मोरङ कानेपोखरी –७, आइतबारेमा बेवारीसे अवस्थामा भेटिएको एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

उर्लाबारी स्थित मदन भन्डारी अस्पताल ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा पहिचान नखुलेको अन्दाजी ४२ बर्षीय पुरुषको मृत्यु भएको हो । सो पुरुषको अस्पतालले अपरान्ह ४ बजे मृत घोषणा गरेका थिए ।

सोही दिन उनलाई १२ बजेको समयमा हेर्दा मङगोलियन अनुहार देखिने पुरुष सडक बाहिर लडिरहेको अबस्थामा स्थानियले देखेपछि कानेपोखरी नगरप्रहरी र रमाइलो प्रहरी चौकीलाई खबर गरेका थिए । नगरप्रहरी युवराज भुजेलको नेतृत्वको टोलीले कानेपोखरी अस्पतालमा प्राथमिक उपचार गराएका थिए । त्यहाँ संम्भव नभएपछि मंगलबारे लगिएको नगरप्रहरी प्रमुख भुजेलले बताए ।

शवलाई मदन भन्डारी अस्पताल ट्रमा सेन्टर मंगलबारेको शवगृहमा राखिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएका छन् । इप्रका पथरीको फेसवुक पेजमा चिन्नुहुने आफ्न्तले सम्र्पक गरिदिने सूचना जारी गरेको छ ।

सम्बन्धित खवर