मङ्लबार, साउन २६, २०८३

पथरी शनिश्चरेमा सामूहिक धान रोपेर २० औं राष्ट्रिय धान दिवस मनाए

असार १५, पथरी । ‘जलवायु अनुकुलित कृषि मैत्री प्रविधि धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २० औं राष्ट्रिय धान दिवस मनाइएको छ ।

आज लक्ष्मी महिला कृषि समूह र समुन्नत महिला विकास साकोसको आयोजना तथा पथरीशनिश्चरे नगरपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा २० औं राष्ट्रिय धान दिवसको आयोजना गरिएको हो ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा शाखा प्रमुख पिताम्वर वस्ती, वडा नं. ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता नविन कार्की, महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल, लघु उद्यम विकास शाखा प्रमुख सपना कार्की, कृषि तथा पशुपंक्षी शाखा प्रमुख टिका राई लगायत सहभागि भई धान रोपेका थिए ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.