नेपाल तामाङ घेदुङ कानेपोखरीले मनायो सोनाम ल्होछार

२८ माघ, कानेपोखरी । तामाङ जातीको महान पर्व सोनाम ल्होछार २८६० कानेपोखरीमा पनि धुमधामका साथ मनाएको छ ।

शनिबार कानेपोखरी ४ हात्तीडुब्बा स्थित रिन्छिन टाँसी छ्योलिङ बौद्ध गुम्बामा भेला भई सोनाम ल्होछार मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले कानेपोखरी भनेको आदिबासी जनजातिको थलो रहेको र यहाँ आदिमकाल देखि यहाँको आदिवासीहरुले भुमी पुजा गर्दै आइरहेको बताउँदै चाड सबैजना मिलेर मनाउनु पर्ने बताइन् । पालिकाले विभिन्न जातिको भाषा र लिपिका संरक्षणका लागि बजेट बिनियोजन गरिएता पनि बजेटको लागि कुनै जाति पनि नआएको गुनासो व्यक्त गरिन् ।

कार्यक्रमको अध्यक्षता घेदुङ कानेपोखरी अध्यक्ष टेक बहादुर तामाङले गरेका थिए भने विशिष्ट अतिथि वडा अध्यक्ष रमेश राउत रहेका थिए । अतिथिमा वडा सदस्य साउनी माझी,अबिन्द्र घिसिङ, जिल्ला घेदुङका तर्फबाट मित्रसेन योन्जन, आदिवासी जनजाती कानेपोखरी अध्यक्ष भोजवीर माझी, धिमालजाती बिकास केन्द्रका पालिका अध्यक्ष राजकुमार धिमाल लगायत रहेका थिए । कार्यक्रम सञ्चालन घेदुङ्का सचिव राम कुमार तामाङले गरेका थिए । लामा गुरुबाट पाठपुजा सहित शुभकामना आदनप्रदान गरिएको थियो ।

सम्बन्धित खवर