२४ पुस, पथरी । करदाता सेवा कार्यालयले हालसम्म गर्दै आएका सेवाहरू पथरी शनिश्चरे नगरपालिकाबाट सेवा सुरु गरेको छ ।
बिहिबार नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सेवा औपचारिक रूपमा सुरु गरिएको हो । सेवा उद्घाटन गर्दै पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्बापोले प्रथम सेवाग्राही देवकुमारी कठेतलाई व्यक्तिगत प्यान हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नगर उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत केशव रघुवंशी, अम्बिका सुवेदी, वडा नं. ७ का वडाध्यक्ष उद्ववराज बस्नेत, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, वडा सदस्य तथा कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो ।



