बुधबार, मंसिर ३, २०८२

राष्ट्रिय वाणिज्य बैक बयरवन शाखाले ५९ औं स्थापना दिवस मनाए

११ माघ, कानेपोखरी । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैक बयरवन शाखाले ५९ औं स्थापना दिवस मनाएको छ ।

विहिबार कानेपोखरी गाउँपालिका स्थित वडा नं. ४ रमाइलोमा रहेको बैङ्ले ४ जना सेवाग्राहीहरुलाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो । कार्यक्रममा बैंकले प्रदान गरेको बैकिङ् सेवा सुबिधाहरुलाई विश्वास गरी बैंकसँग निरन्तर कारोबार गरिरहनु हुने दामोदर सिग्देल, पर्शुराम खतिवडा, प्रभूनाथ शाह र मनोज थापालाई बैंकले सम्मान गरेको छ । सम्मानित चार जनालाई सम्मान पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा वडा नं. ४ का वडा सदस्य प्रदिप राई, रमाइलो बहुमखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गंगा यादव, जनसेवा माविका प्रधानाध्यापक प्रमोद निरौला, रमाइलो जनएकता साकोसका अध्यक्ष त्रिभूनाथ फुयल, जनसेवा माविका निर्वतमान प्रधानाध्यापक दामोदर सिग्देल, सेवा ग्राहीको तर्फबाट पर्शुराम खतिवडाले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा प्रहरी चौकी रमाइलोका इन्चार्ज फुल बहादुर तामाङ पनि अतिथि रहेका थिए ।

२०७५ सालमा कानेपोखरी गाउँपालिका वडा नं. ४ मा बयरवन शाखाको रुपमा पुर्नस्थापना भएको राष्ट्रिय वाणिज्य बैङले निरन्तर सेवा दिदै आएका छन् । त्यस अघि द्धन्द कालमा असहजका कारण यस स्थानबाट बेलबारी लगेका थिए ।

कार्यक्रममा अतिथिहरु र सेवाग्राहीहरुले बैंकिङ कारोबार गर्नलाई बैंङलाई धेरै सुझाव दिएका थिए । सुझावको उत्तर दिदै शाखा प्रबन्धक विनोद राईले राष्ट्रिय वाणिज्य बैङ्क बयरवन शाखाले एटिएम सञ्चालनको तयारी गरिरहेको बताए । छिटो र छरितो तरिकाले बैंकिङ सुविधालाई अघि बढाउँर्दै लैजाने प्रबन्धक राईले बताए ।

स्थापना दिवसको अवसरमा राष्ट्रिय वाणिज्य बैक बयरवन शाखा लेखिएको केक काटेर उपस्थित सम्पूर्णलाई केक खुवाईएको थियो ।

शाखा प्रबन्धक विनोद राईको सभापतित्वमा भएको कार्यक्रममा शाखा सहायक प्रबन्धक पुजन उपाध्यायले संचालन गरेकी थिइन् ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.