मङ्लबार, भदौ ३१, २०८२

पथरीशनिश्चरेमा बिभिन्न पार्टी परित्याग गरी दुई सय युवा नेकपामा प्रवेश

असोज २ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा युवाहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन ।

शुक्रबार वडा नं. ८ स्थित दोहोलु शुक्रबारेमा भएको कार्यक्रममा नेपाली कांग्रेस सम्बद्द बिद्यार्थी संगठन नेवि संघका मौसम तामाङ, तरुण दलका बिनोद श्रेष्ठ, जोगेन श्रेष्ठ, मानबहादुर लिम्बू, दीपक बिक, सुर्य बराल, अशोक न्यौपाने, राजन श्रेष्ठ लगायत १ सय ८० जना युवाहरु नेकपामा प्रबेश गरेको हो ।

नव प्रवेशी युवाहरुलाई नेकपा केन्द्रीय सदस्य महेश रेग्मी, मोरङ जिल्ला अध्यक्ष ऋृषिकेश पोख्रल, सचिव गणेश उप्रेती, प्रदेश सदस्य युवराज बास्कोटा, युवा संगठनका केन्द्रीय सदस्य बिजय डाँगी, रबिन थापा, जिल्ला अध्यक्ष नवीन पौडेल, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट लगायतले अबिर लगाएर स्वागत गरेका थिए ।बक्ताहरुले पार्टी सरकारले अघि सारेको “सुखी नेपाली समृद्द नेपाल“ नारा सफल पार्न युवाहरु लाग्नु पर्ने बताएका थिए । राष्ट्रिय युवा संघ नेपाल नगर समिति संयोजक नविनजङ कार्कीको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2025 Nigranitimes.