असोज ११ गते, पथरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पथरीशनिश्चरे नगर कमिटी मोरङको दोस्रो पूर्ण बैठक शनिबार सम्पन्न भएको छ ।
बैंठकमा जिल्ला अध्यक्ष ऋषि पोखरेलले नेकपाको विकल्प राजनीतिक बैचारिक हिसावले समुन्नत र सुदृढ नेकपा मात्र हुन सक्ने भएकोले विभिन्न नामधारी संघसंगठन, मञ्च र क्लबका ब्यानरमुनि अल्झिनु वा अलमलमा पर्नु आवश्यक नरहेको बताए । जनप्रतिनिधिको काम र उहाँहरूको सदृश्य भूमिकामा पार्टीको अनुहार देखिनुपर्ने तर्क राख्दै तात्कालीक स्वार्थ नमिल्दा परस्पर बेलचाल समेत नहुने विषय सामान्य राजनीतिक संस्कार समेत नभएको नजिर पेश गर्दै विभिन्न खाले स्वार्थसमुहबाट सिंगो पार्टी र पार्टी पंक्तिलाई बचाउन अनुरोध गरे ।
बैठकले प्रविधिसम्पन्न कार्यालय व्यवस्थापन गर्ने, आजको नेकपालाई राजनीतिक बैचारिक हिसावले एकताबद्ध बनाउन सघन ढंगले अभियान चलाउने, यसका लागि अन्तरसंगठनात्मक कामलाई व्यवस्थापन गर्ने, संगठनात्मक पक्षलाई चुस्त राख्न सदस्यता नवीकरण अविलम्ब थाल्ने, पार्टी जिल्लाले गरेको व्यवस्थाअन्तर्गत स्थानीय आवश्यकता अनुसार संयोजनकारी जनसंगठन निर्माण गर्ने, ज्येष्ठ कम्युनिष्ट सदस्यहरूलाई सम्मान गर्ने, दशैँ–तिहार विशेष शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने निर्णय भएको छ ।
त्यसैगरी बैठकले आधारभूत रूपमा सामाजिक एवं राजनीतिक बैचारिक नेतृत्व विकासका लागि स्कुल सञ्चालन गर्ने, समुदाय आधारित मुद्धाको पहिचान र सरकारमार्फत सम्बोधनमा जोड दिने, गठित विभागहरूको नियमति काम कारबाहीलाई अनिवार्य अघि बढाउने, जमिनसम्बन्धी सम्पूर्णखाले समस्या अविलम्ब समाधान गर्न पहलकलमी लिने र सरकारको कामलाई थप बढी प्रभावकारी बनाउन निर्मित सन्यत्रमार्फत अग्रसरता लिने जस्ता महत्वपूर्ण निर्णयहरू गरेको छ ।बैठकले पार्टी सदस्यता नवीकरण लगायत प्रस्तावित विषयवस्तुहरूलाई चुस्त कार्यान्वयन ल्याउन वडा–वडामा उत्प्रेरक तोकेको छ । वडा नं. १ मा विजय डाँगी, २ मा पार्थबहादुर बुढाथोकी, ३ मा कार्यालय, ४ मा बालकुमार मगर, ५ मा नेत्रप्रसाद पोखरेल, ६ मा देवीमाया काफ्ले, ७ मा पर्शुराम मिश्र, ८ मा जीवन खतिवडा, ९ मा टंक भण्डारी र १० मा भगतचन्द्र थपलिया उत्प्रेरक तोकेको छ ।
बैठकमा भीमकुमार राईं, नेत्रप्रसाद दाहाल, रूकमिणा बजगाईं, धुव्र बराइली, उमानाथ अधिकारी, डिकप्रसाद तिम्सिना, उद्धब बस्नेत, धनबहादुर मगर, देवेन्द्र वनेम, प्रेम ढकालले नेकपा नेतृत्वको सरकारसँग जनताको गुनासो सम्बन्धि राखेका थिए ।
बैठकमा पार्टी जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेल, सचिव गणेश उप्रेती, पार्टी प्रदेश कमिटी सदस्यहरू क्रमशः लालबहादुर सुस्लिङ मगर, खेम भट्टराई, युवराज बास्कोटा, गीता तिम्सिना, रामकुमार बस्नेत, जिल्ला कमिटी सदस्यहरू क्रमशः चण्डीप्रसाद राई, देवीमाया काफ्ले, पार्थबहादुर बुढाथोकी, अर्जुनकुमार बुढाथोकी, जीवन खतिवडा, पर्शुराम मिश्र, विजय डाँगी, किशोर राई, बालकुमार मगर, रमेश दाहाल, टंक भण्डारी, यमुना बिष्ट, अनु राईको उपस्थिति रहेको थियो । बैठकको सभापतित्व नगर अध्यक्ष मोहन तुम्बापोले गरेका थिए ।