आइतवार, चैत्र २२, २०८२

स्वास्थ्य सामाग्री हस्तान्तरण

असार १५ गते, पथरी । गोर्खा वेलफेयर ट्रष्टले मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालय र नगर मातहतका स्वास्थ्य संस्थाका लागि कोरोनाबाट बच्ने सतर्कताका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

ट्रष्टको धरान शाखाका पूर्ण सुब्बा, दमकका केशव श्रेष्ठ सहितको प्राविधिक टोलीले नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा सहितलाई सामग्री हस्तान्तरण गरेको छ ।

टोलीले, शनिश्चरे स्वास्थ्य चौकी, हसन्दह स्वास्थ्य चौकी र वडा नम्बर १ पथरीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा पोशाक (पीपीइ), फेसमास्क, एन नाइन्टिफाइभ मास्क, सर्जिकल मास्क, मेडिकल गाउन, सेफ्टी गाउन, थर्मल गन, हेड क्याप, हात हुने लिकुइड, सेनिटाइजर, सेफ्टी ग्लोब सहितका सामगी प्रदान गरेको छ ।

साथै प्राविधिक टोली पथरी र शनिश्चरे स्वास्थ्य संस्थामा प्लाष्टिक ट्याङ्की सहितको धारा जडित आधुनिक हात हुने केन्द्र समेत स्थापना गरेको छ । यसअघि पनि कार्यपालिका सदस्य विश्वकर्माको पहलमार्फत ट्रष्टले नगर अस्पतालमा सञ्चालित आइसोलेसन सहितमा स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.