नेकपा एमाले ५ नं. वडाको वडा पार्टी कार्यालय स्थापना

चैत १८ गते, कानेपोखरी । नेकपा एमालेको कानेपोखरी गाउँपालिका ५ नम्बर वडाको पार्टी कार्यालय स्थापना भएको छ ।

आगामी स्थानीय निर्वाचन केन्द्रित बनाएर ५ नंं. वडा कमिटीले भौसावारी चोकमा कार्यालय स्थापना गरेको हो । कार्यालयको प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय अनुसाशन आयोगका सदस्य राजमती इङ्नाम, विशिष्ट अतिथि प्रदेश सदस्य तारा बहादुर काफ्लेले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

पार्टी कार्यालयमा दैनिक सेवाको लागि कार्यालय सचिवको रुपमा केशव खनाललाई जिम्मेवारी दिएको छ । कार्यक्रममा जिल्ला कमिटी सदस्य भोला अधिकारी, भूपाल श्रेष्ठ, गाउँपार्टी सचिव चरण गुरुङ, गाउँ कमिटी सचिवलाय सदस्य, वडा कमिटीका सदस्यहरु उपस्थित रहेका थिए ।

कार्यक्रम उपसचिव नरहरि न्यौपानेले संचालन गरेका थिए भने अध्यक्षता ५ नं. पार्टी अध्यक्ष युवराज लुइटेलले गरेका थिए ।

सम्बन्धित खवर