साउन १९ गते, काठमाडौं । नेकपाको अध्यक्ष प्रचण्डका भित्रिया नेतामा पर्दथे हरिबोल गजुरेल । पूर्वमाओवादीमा हुँदा कमरेड गजुरेलले जति साथ प्रचण्डलाई कमै नेताले दिए होलान् । अहिलेका सभामुख अग्नि सापकोटा र स्थायी समिति सदस्य गजुरेलको साथ प्रचण्डलाई अविच्छिन थियो । तर, परिस्थिति सँधै अनुकूल नहुने रहेछ । अहिले तिनै गजुरेल प्रचण्डको साथमा छैनन ।
नेकपाभित्र सल्किएको शक्ति संघर्षमा गजुरेल खुलेरै प्रचण्डको विपक्षमा उभिएका छन् । हुन त, गजुरेल अर्का अध्यक्ष ओलीको पक्षमै खुलिसकेका भने छैनन । तर, प्रचण्डसँग सन्तुष्ट भने छैनन । २०७७ साउन ५ गते खुमलटारस्थित प्रचण्ड निवासमा पूर्वमाओवादीतर्फका स्थायी समिति सदस्यको भेलामा गजुरेललाई बोलाइएन ।
यसले नै प्रष्ट पार्छ, गजुरेल अहिले प्रचण्डको साथमा छैनन् । प्रचण्डसँग गजुरेल किन रिसाएर किचन क्याविनेटबाट टाढिए भन्ने प्रष्ट त छैन, तर ६ बुँदे पत्र भने गजुरेलले प्रचण्ड निवाससम्म पु¥याएका छन् ।
अहिलेको परिस्थितिमा विधिमा सुधार गर्नुपर्ने तर्क गरेर ६ बुँदे पत्र खुमलटार पु¥याएका गजुरेलले व्यक्ति परिवर्तनमा जोड दिएका छैनन् । अर्थात, व्यक्ति परिवर्तन समस्याको समाधान होइन भनेर गजुरेलले अहिले प्रधानमन्त्री र अध्यक्षबाट केपी ओलीलाई हटाउने कुरा सान्दर्भिक नभएको तर्क गरेका छन् । पार्टीभित्र विधिमा समस्या भएको चाहिं लामो व्याख्या गरेको स्रोत बताउछ ।
गजुरेलले प्रचण्डलाई पठाएको पत्रको दोस्रो बुँदामा भनेका छन्,–३०र४० बर्षदेखि गाडी चलाउदै आएको भनेर पुरानै तरिकाले गाडी चलायो भने नयाँ सिष्टम ध्वस्त हुनेमात्र होइन, दुर्घटना पनि हुन्छ, अहिले पार्टी, सरकार र संसद यसै प्रकारको दुर्घटनातिर अग्रसर छ ।
गजुरेल अहिलेको पार्टी संरचना र कार्यशैलीमा असन्तुष्ट छन भन्ने पुष्टि गर्न यति काफी छ । तर, त्यसलाई थप पुष्टि गर्न तेस्रो बुँदामा भनेका छन, पार्टीमा पैदा भएका समस्या व्यक्तिको कारणले मात्रै हो कि नयाँ विधि, आचरण र कार्यशैलीको विकास हुन नसकेर भएको हो भन्ने बहस आवश्यक छ । व्यक्तिको कमजोरी छन् तर व्यक्ति मात्रै बदलेर समस्याको समाधान हुँदैन ।
गजुरेल अहिलेकै अवस्थामा प्रधानमन्त्री फेर्न नहुने तर्क गरिरहेका गजुरेल पछिल्ला दिनमा खुमलटारमा त्यति पुग्दैनन् । तर, साउन १५ गते भने टोपवहादुर, मणि थापाहरुसंगै खुमलटारमा पुगेका थिए । उनले अर्को पनि सुझाव दिएका छन, संसद र सरकारका कामलार्ई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहमा सरकार सञ्चालन गर्न राजनीति संयन्त्र बनाउनुपर्छ । तीन तहबीच समन्वय गर्न एउटा समिति बनाउनु पर्छ ।
यो सुझाव दिएका गजुरेलले तत्काल हरेक तहको पार्टी कमिटीमा मूल्यांकन समिति निर्माण गरेर वर्तमानमा भइरहेका विधि पद्धतिको पालना नगर्ने अराजक प्रवृत्ति, गुटग्रस्त मानसिकता र गतिविधि तथा नेताको वरिपरि घुमिरहने गणेश प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ । तर, २०७७ साउन १५ गतेप्रचण्डले असन्तुष्ट भनिएका गजुरेलसहित टोपबहादुर रायमाझी, मणि थापासहितका केही नेतासंग छलफल गरेका थिए । खबार प्रवाहबाट