नेपालमा क्रान्ति भएको छैन, संसदीय ब्यबस्था असफल भयोः मोहन बैद्य

माघ २ गते, पथरी । नेकपा (क्रान्तिबारी माओवादी)का महासचिव मोहन बैद्य (किरण)ले नेपालमा संसदीय ब्यबस्था असफल भएकै करण वर्तमान संकट देखा परेको बताएका छन् ।

मोरङको बेलबारी—११ स्थित लक्ष्मीमार्गमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव बैद्यले सो कुरा बताएका हुन् ।

विश्वभर संसदीय ब्यबस्था असफलहुँदै गएको त्यसमा पनि सत्तारुढ नेकपा भित्रको अन्तरिक किचलोले आम्सिक उपलब्धि पनि गुम्ने खतरा भएको उनले बताए ।

कम्युनिष्ट पार्टीले संसदीय ब्यबस्था नमान्ने तर्क प्रस्तुत गर्दै प्रधानमन्त्री केशी ओली र प्रचण्ड माधप नेपाल समूह नाम मात्रको कम्युनिष्ट भएको आरोप लगाए । नेपालको क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु जनगणतन्त्र स्थापना गर्न शान्तिपूर्ण रुपमा प्रयास गरिरहेको आवश्यक परे बल प्रयोग गर्नसक्ने महासचिव बैद्यको चेतावनी थियो ।

‘नेपालमा क्रान्ति भएको छैन, जनताको मुक्ति भएको छैन’ बैद्यले भने ‘सत्ता रुढ डबल नेकपाका नेताहरु पद र प्रतिष्ठाको लडाइमा छन ।’

संसद बिघटन गरेर प्रधानमन्त्री केपी ओली निरंकुश बन्न खोजेको भन्दै जनवादी गणतन्त्र स्थापना गर्न क्रान्तिबारी कम्युनिष्ट पार्टीहरु सके एकता, नभए कर्यगत एकताको लागि पहल भइरहेको बताए ।

नेत्रबिक्रम चन्द (बिप्लव)सँग पार्टी एकताको बारे सोधिएको प्रस्नमा सो समूहसँग केही कुरा मिले पनि केही कुरा नमिलेकै कारण पार्टी फरक भएकोले तत्काल संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भएको बताए । यद्यपि बिप्लपले नेतृत्व गरेको संगठनलाई सरकारले लगाइएको प्रतिबन्ध प्रति बैद्यले असहमति जनाउदै भने ‘सेना, प्रहरीलाई नचलाउने भ्रष्ट्रचारी र दलाललाई कारबाही गर्छु भन्ने पार्टीलाई किन प्रतिबन्ध लगाएको ?’

प्राप्त उपलब्धी गुम्ने अवस्था आए प्रचण्डसँग सहकार्य हुन सक्छ भन्ने पत्रकारहरुको प्रस्नमा बैद्यले भने ‘प्रचण्डको कुरै नगरौ, उल्टो र सुल्टो दुबै तिर छलाङ हान्न सक्छन, केपी ओलीसँगको लडाइमा हामी किन सहयोगी बन्ने ?’

पत्रकार भेटघाट कार्यक्रममा पार्टीको स्थायी समिति सदस्य हरिभक्त कडेल (प्रतिक), पोलिट ब्युरो सदस्य सीताराम तामाङ, मीनबहादुर राउत, १ नम्बर प्रदेश समिति सचिबसमेत रहेका केन्द्रीय सदस्य सीताराम बुढाथोकी लगायतको उपस्थिति थियो ।

बेलबारी लक्ष्मीमार्गमा पुस २८ गतेदेखि चार दिनसम्म पार्टी सम्बद्ध अखिल नेपाल किसान महासंघको केन्द्रीय समिति र पार्टी १ नम्बर प्रदेशको बैठक तथा दुबै संगठनको प्रशिक्षण रहेको थियो ।

सम्बन्धित खवर