पथरीमा नगर स्तरीय तेस्रो क्रिकेट प्रिमियर लिग हुने, विजेताले १ लाख ११ हजार पाउँने

भदौ १९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा नगर स्तरीय तेस्रो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग प्रतियोगिता हुने भएको छ ।

शनिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले असोज २२ गतेदेखि सुरु भएर कात्र्तिक २२ गते समापन हुने भएको हो । लिग पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिगको आयोजना हुदै गरेको लिग आयोजक समितिको अध्यक्ष अरुण राईले बताए ।

क्रिकेट प्रिमियर लिगमा सात बाघ, ंमंगलबारे लिजेन्ड, हिसाब किताब ट्राईडेन्ट, रोयल किङ्स, बिरेन्द्रनगर स्टील टाइगर्स, बुद्ध युनाइटेड, क्लासिक ११ हसन्दह र आइतबारे अस्त्र गरी ८ वटा टिम सहभागि हुने भएको छ ।

लिग विजेता टिमले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष पुकार राईले बताए । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट ब्याटर, बलर, क्षेत्ररक्षक, उदयमान खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने आयोजक विरोज मगरले बताए ।

खेलाडी छनौट अक्सनबाट हुने छ । आगामी २१ गते शनिबार अक्सन हुने छ । एउटा टिममा १४ देखि १६ जना खेलाडी छनौट गर्नुपर्ने हुन्छ । खेलाडी किन्न अर्थात अनुबन्ध गर्न क्लबले कम्तिमा ४० हजार खर्च गर्नुपर्ने हुन्छ । खेलाडीको खेल हेरेर क्लबहरुले राम्रा खेलाडीहरु बढाबढमा अनुबन्ध गर्नुपर्ने नियममा छ ।

प्रथम, द्धितीय खेल खेलीसकेका पथरीशनिश्चरे नगरका खेलाडी सनम दुलाल, सागर कटुवाल, पुर्सोतम न्यौपाने, समित राई, अनिल लुइटेल लगायतका खेलाडी जिल्ला र प्रदेशसम्म खेल्दै आएको बताइएको छ ।

क्रिकेट पथरीको जाँते मोड स्थित प्रस्तावित पथरी रंगशालामा क्रिकेट प्रिमियर लिग हुने आयोजकले जनाएको छ । पथरीशनिश्चरे नगरमा क्रिकेट खेलाडी उत्पादन र बिकास हुने क्रम रहेपनि खेल मैदानको ब्यबस्था नभएको पथरीशनिश्चरे क्रिकेट प्रिमियर लिग आयोजक समितिको गुनासो छ । खेल सम्पन्न गर्न १० लाख लाग्ने अयोजकले बताए ।

नगरमा क्रिकेट खेलाडी उत्पादन गर्ने मुख्य उदेश्य राखेर आयोजना हुने प्रिमियर लिग क्लवहरुवीच अक्सन मार्फत खेलाडी आबद्ध गरेर प्रतियोगिता गराउदै आएको छ । यस अघि पथरीशनिश्चरे प्रथम प्रिमियर लिगमा ५ वटा टिम सहभागी भई रोयल किङ्गस विजेता बनेको थियो । त्यसैगरी दोस्रो प्रिमियर लिगमा ८ वटा नगरको टिम सहभागी भई सात बाघ विजेता बनेको थियो ।

सम्बन्धित खवर