दोस्रो अन्तर वडा फुटबल प्रतियोगिताको फाइनल खेलमा मातृभूमि र श्रीसमाज सेवा भिड्ने

 

कात्र्तिक २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ४ नम्बर वडाकार्यालयको आयोजनामा जारी दोस्रो अन्तर वडा फुटबल प्रतियोगितामा फाइनल खेलमा मातृभूमि समाज सेवा क्लब(क) र श्रीसमाज सेवा क्लब भिड्ने भएको छ ।

बुधबार भएको खेलमा श्रीसमाज सेवा क्लबले श्रीमातृभूमि समाज सेवा(ख)लाई १–३ गोलको अन्तरले विजय हुँदै फाइनलमा प्रवेश गरेको छ । उक्त खेलको म्यान अफ द म्याच पराजित टिम मातृभूमि समाज सेवा क्लब(ख)का सुलभ लिम्बु घोषित भएका थिए ।

मातृभूमि समाज सेवा क्लब(क)

श्रीमासाज सेवा क्लब पिङडाँडा फाइनलमा पुगेपछि २८ गते मातृभूमि समाज सेवा क्लब(क) संग फाइनल खेल खेल्ने पक्का भएको हो ।
बुधबार नै भएको दोस्रो सेमिफाइनल खेलमा संयुक्त गुम्बा हात्ति डुब्बा क्लबलाई शून्यको विरुद्ध ७ गोलको अन्तरले मातृभूमि समाज सेवा क्लब फाइनलमा पुगेको छ । मातृभूमिको तर्फबाट ३ गोल नारायण खड्काले खेल गरेको छ । त्यसैगरी ३ गोल खम्बु राईले गरेका छन् । अर्का खेलाडी नितेश कटुवालले १ गोल गर्दै ० को विरुद्ध जम्मा ७ गोल बनाएका थिए ।

श्रीसमाज सेवा क्लब

दोस्रो अन्तर वडा फुटबल प्रतियोगिता खेलको २८ गते शुक्रबार फाइनल हुदै छ । गत बर्ष पनि अन्तर वडा फुटबल प्रतियोगिताको आयोजना भएको थियो । खेलको प्रतियोगितामा प्रथम हुनेले १५ हजार र दोस्रो हुनेले १० हजार, मेडल र ट्रफि पाउने खेलको मुल आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताए ।

खेल प्रतियोगितामा वडा भरीका ८ वडा टिमले सहभागिता जनाएको छ । मातुभूमि समाज सेवा क्लब(क), धम्कुवा युवा क्लब, संयुक्त गुम्बा युवा क्लब, श्रीसमाज सेवा क्लब, हस्तिनापुर युवा क्लब, श्री मातृभूमि समाज सेवा क्लब(ख), प्रगतिशिल युवा क्लब र बयरवन युवा जमात गरी जम्मा ८ वडा टिमले सहभागिता जनाएको थियो ।

फुटबल हस्तान्तरण
पथरीशनिश्चरे निवासी मातृभूमी संस्था मोरङका संयोजक तथा पूर्व खेलाडी सुजन वनेम र युवा नेता मौसम तामाङले दोस्रो अन्तर वडा फुटबल प्रतियोगिता सफल बनाउन खेल आयोजक मातृभूमि समाज सेवा क्लबलाई दुई थान फुटबल प्रदान गरेको छ । उनिहरुले फुटबल क्लबका सचिव सुरेश गुरुङलाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खवर