साना किसान कृषि सहकारीको आम्दानी साढें ८१ लाख

सनम रोक्का , मंसिर ६ गते, रमाइलो, मोरङ । मोरङ कानेपोखरी –६ स्थित रमाइलोमा रहेको साना किसान कृषि सहकारी संस्थाले आफ्नो छैठौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शनिबार रमाइलो साकोसको सभाहलमा संस्थाको बार्षिक साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाकी अध्यक्ष कल्पना भण्डारी निरौलाले नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दै २०७७÷७८ मा ८१ लाख ५३ हजार ३ सय ३० रुपैयाँ आम्दानी गरेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन । त्यसैगरी सोही आर्थिक बर्षमा ६२ लाख ४८ हजार ९ सय ४३ रुपैयाँ यर्थाथ खर्च गरेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन । आगामी २०७८÷०७९ मा आम्दानी तर्फ १ करोड २१ लाख ५३ हजार ३ सय ३० रुपैयाँ पु¥याउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारी संस्थाले हालसम्म १ करोड ८८ लाख २६ हजार ५४ रुपैयाँ निक्षेप हिसाब संकलन गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड ४१ लाख ६० हजार ९ सय ६१ रुपैयाँ रहेकोमा आर्थिक बर्ष २०७७÷०७८ मा ४६ लाख ६५ हजार ९२ रुपैयाँले वृद्धि गरि १ करोड ८८ लाख २६ हजार ५४ रुपैयाँ निक्षेप हिसाब पु¥याएको प्रतिवेदनमा उल्लेख रहेको छ ।

यस संस्थाको अहिले सम्मको सेयर रकम ६३ लाख ६३ हजार ९ सय रुपैयाँ रहेको छ, भने १९ लाख ४ हजार ३ सय ८६ रुपैयाँ शुद्ध बचत गर्न सफल भएको छ । यस संस्थाले आर्थिक बर्ष २०७७÷०७८ सम्ममा ऋण लगानी ३ करोड ८१ लाख ७५ हजार १ सय ९ रुपैयाँ गरेको संस्थाले जनाएको छ ।

संस्थाले उत्कृष्ट ऋणी दिलकुमारी घिसिङ, निरासा चौधरी, मनकुमारी लिम्बू, उत्कृष्ट बाख्रापालक सुर्य बहादुर खुलाल, उत्कृष्ट बिमा भिमा कुमारी सुवेदी र उत्कृष्ट बालबचत संकृती बिष्ट, उत्कृष्ट समूह तर्फबाट कृष्णमाया गुरुङ, गिता चुडाल, फुलमाया कटुवाल, मेनुका भट्टराई, लिला कुमारी भट्टराई, राधिका बराल र गिता बजगाईलाई पुरस्कारले सम्मानित गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए । त्यसैगरी विशिष्ट अतिथि कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नाम, विशेष अतिथि प्रदेश कृषि सहकारी तदर्थ संघ १ नम्बर प्रदेशका संयोजक खगेन्द्र राजभण्डारी, अतिथिहरु साना किसान बिकास लघु वित्तीय इलाका कार्यालय इटहरीका वरिष्ठ सहायक कुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो । संस्थाकी व्यवस्थापक विमला विष्ट थापाले कार्यक्रम संचालन गरेकी थिइन भने संस्थाकी अध्यक्ष कल्पना भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गत वर्ष केहि उपलब्धिमुलक कार्य गरेको यस संस्थाले आफ्नो स्वामित्वको ४ कठ्ठा जग्गा खरिद गरेको छ । आर्थिक वर्ष ०७५÷७६ मा प्रशिक्षार्थी कामदारको रूपमा ३ जना युवायुवती इजरायल यस संस्थाको मार्फबाट गएका थिए । उनिहरू हाल नेपाल केहि हदसम्म आर्थिक सम्पन्नता गरेर नेपाल फर्किसकेका छ्न । ०७८÷७९ का लागि यस सहकारी संस्थाले आफ्नै भवन निर्माण गर्ने, व्यावसायिक तालिममा वृद्धि गर्ने, सदस्यताको संख्या बढाउने, पशु आहार बिक्री वितरण सुरू गर्ने लगायतको योजनाहरू अघि सारेको छ । यस संस्थाले हालसम्म ६ सय पशुको बिमा गरेको छ यसको संख्यालाई अझै वृद्धि गर्दै लाने पनि यसै संस्थाकी अध्यक्ष कल्पना भण्डारीले बताइन । संस्थाको १३ सय १२ जना महिला सेयर सदस्यहरू रहेको छ ।

सम्बन्धित खवर