सोमवार, बैशाख २८, २०८३

कानेपोखरी पशु शाखाद्रारा ३४ जनालाई एक चक्के गाडी र ३७ जनालाई म्याड वितरण

२८ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका पशु शाखाले कृषी सामाग्री वितरण गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष राजमति इङ्नाम र पशु शाखा प्रमुख डम्बर राईले सो सामाग्री हस्तान्तरण गरेका थिए ।

निवेदन परेका ३४ जनालाई एक चक्के गाडी(ह्वीलब्यारो) र ३७ जना कर्षकलाई गाई÷भैसीलाई ओछ्याउने गुन्द्री(काउम्याड) वितरण गरिएको थियो । ६ लाख बराबरको सामाग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको प्रमुख राईले बताए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.