कानेपोखरीका कृषकलाई ४ सय ५८ थान कृषि सामग्री वितरण

दुर्गा नारायण खतिवडा
१ जेठ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ४ सय ५८ थान कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।

मंगलबार एक कार्यक्रम बीच गाउँपालका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरुको उपस्थितमा कृषि सामग्री वितरण गरेको हो ।

कृषि शाखाका रोजिना भट्टराईका अनुसार पालिकाले बिडिएस नेपाल कम्पनीसँग ५५ लाख ९५ हजार ६ सय १८ रुपैयामा सामग्री खरिद गरेको थियो । सामग्रीहरु चार्जवाला टु इन वान स्प्रे ट्याङ्की १ सय २५ थान, मकै छोडाउने मेसिन १ सय ५ थान, मकै रोप्ने मेसिन ५० थान, कुटानी पिसानी कम्बाइन्ड मिल १४ थान, पानी तान्ने १ एचपिको मोटर १० थान, पानी तान्ने २ एचपिको मोटर १२४ थान र सबमर्सिबल पम्प मेसिन ३० थान किसानले माग गरेको थिए ।

वडा १ का कृषकले १ सय २५ थान, २ का कृषकले ९६ थान, ३ मा ७७ थान, ४ मा २६ थान, ५ मा ९२ थान, ६ मा ३७ थान र ७ मा १३ थान सामग्री वितरण गरिएको शाखा प्रमुख भट्टराईले बताइन ।

वडा अध्यक्षहरु चरण गुरुङ, गोपाल बहादुर कार्की, रत्नबहादुर कार्की लगाएत उपस्थित रहेको थिए । आर्थिक विकास समितिका संयोजक सुशिल बुढाथोकीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर