माघ २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरमा कृषि क्षेत्रमा युवाहरुको सक्रियता बढेकोमा खुसी व्यक्त गर्दै स्थानीय क्षेत्रको विकासका लागि कृषि प्रवद्र्धनमा जोड दिनु पर्ने बताए ।
उपप्रमुख वास्तोलाले वडा नम्बर ५ स्थित भोटेघुम्ती कृषि फर्मद्वारा आयोजित आम भेलापछि बंगुर फारमको अवलोकन गर्दै सो फार्मका युवा दाजुभाईले बंगुरपालनमा गरेको प्रगतिको प्रसंशा गरे । साथै उनीले अन्य युवाहरुले पनि कृषिमा प्रगति गर्न थालेको बताउँदै कृषिको प्रवद्र्धनमा जुट्नु पर्ने समेत जनाए ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा १० लाख र फर्मको ३ लाख ५० हजार रुपैयाँमा फर्मको व्यवस्थापन गरिएको सञ्चालक मध्येका रमेश गिरीले बताए ।