अन्तर मावि स्तरीय कविता वाचनमा करुणा कोइराला प्रथम

कात्र्तिक, २८ गते, कानेपोखरी । मोरङको कानेपोखरी साहित्य समाजले आयोजना गरेको अन्तर मावि स्तरीय कविता वाचन प्रतियोगितामा करुणा कोइराला प्रथम भएकी छिन् ।

शनिबार आदिवासी जनजाति भवनमा भएको प्रतियोगितामा १६ जना प्रतियोगिहरुलाई पछि पार्दै करुणा प्रथम भएको हो । करुणा वडा नं। ३ मा रहेको शिक्षा सदन माध्यामिक विद्यालयमा अध्ययनरत छन ।
त्यसैगरी वडा नं ५ मा रहेको रमाइलो बहुमुखी क्याम्पसमा अध्ययनरत जुना पाण्डे दोश्रो र वडा नं। ६ मा रहेको माउन्ट हर्मोन चिल्ड्रेन ऐकेडेमीको सुम्निमा न्यौपाने तेस्रो भएकी थिइन ।

त्यसैगरी सान्त्वना पुरस्कार भने कानेपोखरी –२ को शिक्षा बिकास माध्यामिक विद्यालयकी छात्रा सिर्जना कार्कीले भएको थियो । प्रथम, दोस्रो, तेस्रो र सान्तवाना हुनेलाई कार्यक्रमको प्रमुख तारा बहादुर काफ्ले र वडा नंं ६ का वडाध्यक्ष खड्ग बस्नेतले प्रदान गरेका थिए ।

कार्यक्रममा गजलकार सन्जना घिमिरे, स्थानिय कवि भवप्रसाद बास्तोला, स्थानीय कवियत्री इनोसेन्ट दुर्गा परियार, प्रकाश रिजाल, साहित्यकार डिबि संसार, कवि प्रतीक ओझा लगायतले आफ्नो साहित्यीक सिर्जना प्रस्तुत गरेका थिए ।

निर्णायक मण्डलमा साहित्यप्रेमी भोला भट्टराई, कवि एवं शिक्षक अम्बिकाप्रसाद कोइराला र कवि बिनिता आचार्य रहेका थिए । कानेपोखरी गाउँपालिका क्षेत्रका ८ माध्यमिक विद्यालयबाट १६ जना प्रतियोगीहरू सहभागीता जनाएका थिए ।

कानेपोखरी साहित्य समाजका अध्यक्ष दुर्गा बहादुर कार्कीले अध्यक्षता गरेको कार्यक्रममा स्थानिय साहित्यप्रेमी, विभिन्न राजनैतिक दलका स्थानिय प्रतिनिधी, विद्यालयबाट शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको उपस्तिथी रहेको थियो ।

सम्बन्धित खवर