चैत १९ गते, कानेपोखरी । मोरङको कानेपोखरीमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमका भोली देखी पालिकाको विभिन्न वडामा सुरु हुने भएको छ ।
विहिबार गाउँपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको बारेमा जानकारी गराएका थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले ढुक्क भएर औषधि सेवन गर्न सवैलाई अनुरोध गरेका छन् । यस औषधि सेवन गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिमा रहेको राजनितिक दल, विभिन्न संघसंस्था, सामाजिक अगुवा, पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।
चैत २० देखि सुरु हुने कार्यक्रममा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाले घर घरमा पुगेर औषधि सेवन गराउने कार्यक्रम रहेको प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठले बताए । उनले गाउँवासी सवैलाई औषधि सेवनको समेत आव्हान गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख रोहिन्द्र कुमार राजभण्डारीले हात्तीपाइले रोग, त्यस विरुद्ध औषधि सेवन लगायतका बारेमा बताएका थिए । गर्भवती, ७ दिनसम्मको सुत्केरी, जटिल रोगी र ओछ्यान परेका विरामी, २ वर्ष मुनीका बालबालिकाले बाहेक अन्य सवैले औषधि सेवन गर्न हुने बताईएको छ ।
गाउँपालिकाले गत बर्ष ७५ प्रतिशत औषधि सेवन गराएका थिए । यस बर्ष ३१ हजार २ सय जनालाई औषधि सेवन गर्ने स्वास्थ्य शाखाले बताएका छन् ।
सेवन गर्न नहुनेमा २ वर्षमुनीका १७ सय १ जना, गर्भवती १ हजार ९० जना र सुत्केरी, जटिल तथा सिकिस्त विरामी ८ हजार ७ सय जना रहेका छन् ।
त्यसैगरी स्वास्थ्य शाखाले गाउँपालिकालाई पुर्णखोप पालिका बनाउनको लागि २ बर्ष भन्दा मुनिका बच्चाहरुको घरधुरी संकलन कार्यक्रम पनि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमसँग संगै गर्ने भएको छ ।