पथरीशनिश्चरे नगरमा बाल सञ्जाल गठन

मंसिर २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा एक कार्यक्रमकाबीच नगर बाल सञ्जाल गठन गरिएको छ ।

वडा बाल सञ्जालका प्रतिनिधिहरुलाई सहभागि गराई २ दिने बालअधिकार अभिमुखिकरण कार्यक्रमको समापनसँगै नगर बाल सञ्जाल गठन गरिएको हो ।

लुथरन विश्व फेडेरेशनको सहयोगमा नगरपालिका कार्यालयको आयोजनामा भूटानी शरणार्थी बालबालिका समेत सहभागि गराइएको कार्यक्रममाझ अध्यक्षमा मुरारी खनाल चयन भएको छ । उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सृजन घिमिरे, पूर्णिमा पौदार, आकृति लिम्बू र आर्जु न्यौपाने चुनिएका छन् ।

सदस्यहरुमा, रमिला थापा, रेजिना राई, कृष भट्टराई, उत्सव धिमाल, विवश कार्की, गंगा भण्डारी, दिया भट्टराई चयन भएका छन् । ४ नम्बर वडाको प्रतिनिधित्वका लागि एक जना सदस्य पद वडा बालसञ्जालको सिफारिसमा पूर्ण गरिने निर्णय भएको छ ।

लुथरन विश्व फेडेरेशनका लिलबहादुर कार्की, अभिमुखिकरण कार्यक्रमका सहजकर्ता कोभिड संकट बाल संरक्षण सहाययता स्वयमसेवी समूह राष्ट्रिय बाल अधिकार परिषदका सदस्य प्रजेस खनाल, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले सहभागिलाई प्रमाणपत्र वितरण गरिएको छ ।

सम्बन्धित खवर