पथरीबजारमा मिटु पेन्टस उद्घाटन, १५ जना पेन्टरलाई ज्याकेट वितरण

पुस ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे –१, स्थित पथरी बजारमा खुसी श्री ट्रेडर्समार्फत सञ्चालित नयाँ प्रकारको पेन्टिङ व्यवसाय अन्तर्गतको मिटु पेन्टसको उद्घाटन भएको छ । यसै अवसरमा खुसी श्री ट्रेडर्स संचालक ऋषि चम्लागाईले १५ जना पेन्टरलाई न्यानो कपडा ज्याकेट वितरण गरेको छ ।

बुधबार एक कार्यक्रम विच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले  मिटु पेन्टसको उद्घाटन गरेको हो । कार्यक्रममा उनीले नगरमै नयाँ प्रकारको व्यवसाय सञ्चालन सुरु भएकोमा खुसी व्यक्त गरेकी छिन् । उनीले नगरवासीहरु व्यवसायिक वन्दै आर्थिक समृद्धि कार्यमा टेवा पुर्याउने कार्यमा नगरले सधैं साथदिने बताईन् ।

सो अवसरमा, १० नम्बर वडाध्यक्ष सागर राई, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ सहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्थानीय युवा व्यवसायी ऋषि चम्लागाईंले मिटु पेन्टसको व्यवसाय पूर्वको पथरीमा सुरु गरेको हो ।

सम्बन्धित खवर