बुधबार, कार्तिक १९, २०८२

नेकपा एमाले २ नं. वडाद्धारा टोल कमिटी गठन, बुद्ध चौक टोल अध्यक्षमा प्रेम

 

पुस १२ गते, पथरी,मोरङ । नेपाल कम्यनिष्ट पार्टी(एमाले) पथरीशनिश्चरे २ नम्बर वडाले बुद्ध चौक टोल कमिटी गठन गरेको छ ।

सोमबार भएको बुद्ध चोक टोल भेलाले प्रेम राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा सुजता गुरुङ, सचिवमा खगेन्द्र अधिकारी, उपसचिवमा कुमार तामाङ र अच्छे राई चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कृष्ण राई, दिल वहादुर मगर, देवी प्रसाद आचार्य, सञ्जीव नेपाली, मनोज मगर, लक्ष्मी कुमार राई, जागीरमान राई, गजेन्द्र राई, सूर्य वहादुर श्रेष्ठ, रोहित राई, भिम कुमारी गुरुङ, कुमार राई, दिल वहादुर मगर, गंगा दाहाल, विशाल राई, बुद्धिवल राई लगायत चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेश कमिटी सदस्य मोहन तुम्वापो , एमाले नेता याम गुरागाई, अरुणा राई, इन्द्र भट्टराई, र नीता कुलुङ राईले शुभकामना मन्तव्य दिएका थिए ।  कार्यक्रम संचालन उपसचिव धुव्र श्रेष्ठले गरेका थिए भने नैना राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी पथरीशनिश्चरे १ नम्बर वडा कमिटीले टोल कमिटी गठन गरेको छ । चन्द्र ढकालको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको हो । प्रमुख अथिति १ नं. प्रदेश कमिटीका सदस्य देवराज भण्डारीले टोल कमिटीमा आवद्धलाई सपथग्रहण गरी प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा १ नं. वडा कमिटी अध्यक्ष प्रदिमकुमार राईको अध्यक्षता भएको थियो । कार्यक्रम संचालन वडासचिव सुनिल खत्रीले गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.