९० जना अपाङ्गता भएकाहरुकालाई ब्लाङ्केट वितरण

फागुन ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्बर १० मा अपाङ्गता भएकाहरुका लागि ब्लाङ्केट वितरण गरिएको छ ।

वडाको ५० हजार रुपैयाँको अपाङ्गता लक्षित बजेटमा संगम अपाङ्गता मिलिजुली समूहको सहभागितामा ९० जनालाई एक एक वटा ब्लाङ्केट वितरण गरिएको हो । कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा, अपाङ्गता समूह अध्यक्ष विष्णु अधिकारी, सचिव शेरबहादुर तामाङ, सहसचिव तिलबहादुर पाण्डे सहितले वितरण गरेका थिए ।

यसैबीच, वडाको दलित लक्षित कार्यक्रमको ८० हजार रुपैयाँको बजेटमा दलित सेवा संघले १ महिने गुडिया तालिम सुरु गरेको छ । वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य सहितको सहभागितामा तालिम सुरु भएको हो ।

सम्बन्धित खवर