सोमवार, कार्तिक १७, २०८२

महिलाहरुका लागि गुडिया तालिम

फागुन ४ गते, पथरी । मोरङको पथरीशनिश्चरे–८ स्थित मंगलबारे प्रतिक्षा चोकमा महिलाहरुका लागि गुडिया तालिम सुरु भएको छ ।

सृजनशील महिला समूहको आयोजनाको १० दिने तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गर्दै महिलाहरुले घरमै बसेर छोराछोरीको स्याहारसुसार गर्दै आयआर्जन गरेर स्वनिर्भर वन्ने काममा अघि बढ्न गुडिया तालिमले सहयोग पुर्याउने चर्चा गरिन् ।

कार्यक्रममा, स्थानीय समाजसेवी प्रकाशबहादुर कार्की, नवीनजंग कार्की, समूहकी बालकुमारी मगर, रिना गुरुङ सहितले मन्तव्य व्यक्त गरे । नगरपालिका कार्यालयको लक्षित वर्गको ५० हजार बजेटमा २० जनाका लागि तालिम सञ्चालन भएको हो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.