शुक्रबार, कार्तिक २१, २०८२

गाउँपालिकालाई नेपाल शिक्षक महासंघको ६ बुँदे माग

असार ७ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकालाई नेपाल शिक्षक महासंघ कानेपोखरी गाउँ समितिले ६ बुँदे माग पत्र हस्तारनतरण गरेको छ ।

मंगलबार गाउँपालिकामा उपस्थित भई समितिका अध्यक्ष विजयगोपाल गड्तौलाले माग पत्र हस्तान्तरण गरेको हो । ६ बुँदे माग पत्र बाचन गरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

माग पत्रमा विद्यालयमा कार्यरत बालशिक्षक, लेखापाल र कार्यालय सहयोगिलाई समानरुपले तलब दिनुपर्ने माग राखेको छ । अहिले बालशिक्षकको र कार्यालय सहयोगिको १५ हजार र लेखापाल सहयोगीको १७ हजार स्थानीय र संघीय सरकारले दिदै आएको छ ।

समितिको माग पत्रमा गाउँ शिक्षा समितिको बैंठकमा नेपाल शिक्षक महासंघका अध्यक्ष, व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयको प्रअलाई पनि सहभागि गराउनुपर्ने माग रहेको छ । माग पत्र पत्रमा अवकास हुने विद्यालय कर्मचारी र बालशिक्षकको लागि एकमुष्ट सुविद्या व्यवस्था गरिनु पर्ने, विद्यालयको प्रअ र लेखा कर्मचारीलाई लेखा तालिमको व्यवस्था गर्नुपर्ने, कर्मचारी र वालशिक्षकको लागि स्थानीय तहबाट निकासा हुने पारिश्रमिकमा संघीय सरकारको निर्णय अनुसार १५ प्रतिशत पारिश्रमिक थप गरिनुपर्ने र महंगी भत्ताको व्यस्था गर्नुपर्ने र प्रअ अवलोकन भ्रमण जस्तै शिक्षकहरुका लागि पनि अवलोकन भ्रमणको व्यस्था गर्नुपर्ने माग राखेको छ ।

माग पत्र बुझ्दै पालिका अध्यक्ष इङ्नामले माग पत्रको अध्ययन, अनुगमण गर्दै आवश्यकता अनुसार माग पुरा गर्ने बताएकी थिइन् । हस्तान्तरण कार्यक्रममा संघको अध्यक्ष जंगबहादुर बोहरा, शिक्षक संगठनको अध्यक्ष सन्जिव खड्का, कर्मचारी परिषदको अध्यक्ष जितमाया भुजेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन सचिव एकराज फुयल, जिल्ला महासंघका अध्यक्ष दामोदर सिग्देल लगायत उपस्थित रहेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.