Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
नगरमा पहिलो चरणको थप राहत वितरण सम्पन्न - Nigranitimes

नगरमा पहिलो चरणको थप राहत वितरण सम्पन्न

बैशाख १७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा दैनिक ज्याला मजदुरका लागि भौकै वस्नु पर्ने अवस्था सिर्जना नगर्न नगरपालिका कार्यालयले थप राहत वडा कार्यालयमा पुऱ्याउने काम सम्पन्न गरेको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति मातहतको राहत व्यवस्थापन तथा वितरण समितिको अगुवाईमा हिजोदेखि सुरु भएको वडा वडामा राहत पुऱ्याउने काम आज सम्पन्न भएको नगर उपप्रमुख एवम् राहत वितरण तथा व्यवस्थापन समिति संयोजक यमुना विष्ट वास्तोलाले बताइन ।

पहिलो चरणको अन्तिम पटक १० वटा वडामा खानको समस्या परेकाहरुका लागि थप ३,३ हजार केजी चामल सहितका राहत सामग्री वडा कार्यालयमा पुऱ्याइएको हो ।

यस अघि नगरमा पहिलो पटक ४ हजार ३ सय ४ लाई राहत वितरण गरिएको थियो । त्यसपछि छुटपुटका लागि थप ५ सय परिवार गरी ४ हजार ८ सय ४ जनालाई राहत दिइसकिएको छ । अवको राहत वडाले अतिआवश्यक पर्नेहरुका लागि आफैं अनुगमन् गरेर वितरण गन

सम्बन्धित खवर