जेठ १८ गते, पथरी । कानेपोखरी –४, स्थित नारायण चोकमा स्थापित मातृभूमि समाज सेवा क्लबको साधरण सभाले लिला बहादुर बुढाथोकी अध्यक्षतामा ९ जना सदस्य चयन भएको छ ।
आइतबार भएको सभाले उपाध्यक्षमा सर्मिला खत्री, सचिवमा सुरेश गुरुङ, सहसचिवमा महेश कटुवाल र कोषाअध्यक्षमा गिता कार्की चयन गरेको हो ।
त्यसैगरी सदस्यहरुमा राजन पौडेल, सरस्वती लिम्बु, गोमा तामाङ, खमबर बहादुर कटुवाल र भगवती बस्नेत रहेका छन् ।
त्यसैगरी सलाहकार समितिका संयोजकमा अमृत लिम्बु र सदस्यहरुमा डिल्ली गुरुङ, विमला कटुवाल र देवेन्द्र बिष्ट रहेका छन् ।
यस अघि क्लबका अध्यक्ष सुनिल लिम्बु बैदेशीक रोजगारका लागी विदेश गएकाले क्लबको काममा असहज बन्दै आएको थियो । कोषाध्यक्ष गिता राई भने पुनः कोषाध्यक्षमा दोहोरिएका छन् ।
२०५४ सालमा स्थापना भएको क्लबको माध्यमबाट समाजमा विभिन्न सामाजिक कामहरु गर्दै आएका थिए ।