विजय धिमाल
साउन २४ गते, उर्लाबारी । मोरङको उर्लाबारी –९ मा रहेका सार्वजनिक माबिमा लगाईएको ताला माग पुरा भएपछि खोलिएको छ ।
विद्यालय व्यवस्थापन समितिकै सदस्य अमर सेलिङले ९ बँुदें माग राख्दै विहिबार विद्यालयको मुल गेटमै तालाबन्दी गरेको थियो ।
विद्यालयल प्रशासन र व्यबस्थापन समितिले बिभिन्न विद्यालयको हितमा काम नगरेको र हरेक काममा सुस्त रहेको बताउ्रँदै उनले ताला लगाएका थिए ।ताला लगाएपछि शुक्रबार व्यवस्थापन समिति, शिक्षक, सल्लाहाकार र वुद्धिजिविहरुको संयुक्त बैठकले सदस्य सेलिङ माग सबै पुरा गर्ने भएपछि ताला खोलिएको थियो ।
लकडाउन अघि गरिएको विद्यार्थीको परीक्षा सार्वजनिक, विद्यार्थीलाई पाठ्यपुस्तक वितरण, पुराणमा उठेको रकमको हिसाब सार्वजनिक, रेगुलर बैठक, समितिबाट प्रअको राजिनामा, केबिआई समुहले अक्षयकोष खडा गरेको तीन लाख रकमको साँवा व्याज सार्बजनिक, स्थानीय सुवेदी परिवारबाट अक्षयकोषको रकम विद्यालयमा ल्याउनु पर्ने, निजि शिक्षक र कर्मचारीको तलब जस्ता विषय तत्काल हुनु पर्ने माग राखेका थिए ।झापा दमक नलबारी र मोरङ उर्लाबारीका गरी विद्यालयमा पाँच सय विध्यार्थी अध्ययानरत छन । तर यी विषयमा विद्यालय प्रशासन, विद्यालय व्यबस्थापन समितिले चासो लिएको अवस्था देखिन्न ।
संयुक्त बैठकले २५ गते भित्र रिजल्ट सार्वजानिक गर्ने, २६ गते पुस्तक बितरण गर्ने, विद्यालयलाई कक्षा ११ संचालन गर्न आजैको मितिबाट पहल गर्ने, निजि शिक्षकहरुको तलव ४५ दिनमा उपलब्ध गराउने, पुराणमा उठेको रकम विद्यालयमा पुराण आर्थिक समितिसंग रहेको हुदा सम्पुर्ण उठेको रकमको हिसाब सार्वजानिक गर्ने भएको छ ।
त्यसैगरी केबिआई हङकङले दिएको रकम हाल आङबुहाङ किराना पसलमा ब्याज दिने सर्तमा रहेकोहँुदा दावा व्याज जम्मा गरि केबिआईसंग संचयकोष खाता खोलि जम्मा गर्ने, सुवेदि परिवारले दिएको रकम उपलब्ध गराइ सकेको हुदा सो रकम तुरुन्त जम्मा गर्ने र पछि संचयकोष खाता खुलेपछि राख्ने र आगामी दिनहरुमा विद्यालयको सदस्यहरुसँग छलफल गरि अघि बढ्ने सहमती भएको छ ।