हरियाली वनद्वारा पाँच घर परिवारलाई जस्ता वितरण

भदौ २८ गते, पथरी । हरियाली सामुदायिक वन उपभोक्ता समूहले निम्न वर्गीय रहेका आफ्नो पाँच घर उपभोक्तालाई छानो छाउन जस्ता पाता वितरण गरेको छ ।

मोरङको पथरीशनिश्चरे–२ मा स्थापित वनले शनिबार नगरपालिका –३ का वीरबहादुर बराइली, आइतबहादुर मगर, देउमाया लिम्बू, ७ नम्बर वडाका आसबहादुर लिम्बू र कुमारी रोका परिवारलाई जस्ता पाता वितरण गरेको हो ।

कुमारी रोका र आसबहादुर लिम्बूलाई दुई र तीन परिवारलाई चार बन्डेलको दरले निलो कलरको जस्ता घरैमा पु¥याइदिएको हरियालिले सामुदायिक वन समूहका अध्यक्ष काबुलबहादुर मगरले बताए ।

जस्ता बितरण कार्यक्रममा ३ नम्बर वडा सदस्य गिरिराज पोख्रेल, समुहका कोषाध्यक्ष दिलबहादुर तामाङ, सदस्यहरु आतेजङ्ग राई, कुमारी शाही, पूर्णकुमारी तामाङ, लेखा समिती संयोजक केशव दाहालको समेत सहभागिता रहेको थियो ।

छाना छाउन नसकेर लथालिङ अवस्थाको र पुरानो छानोबाट पानी चुहुने उपभोक्ता हरुलाई जस्ता पाता वितरण गरिएको अध्यक्ष मगरले बताए ।

सम्बन्धित खवर