शनिबार, जेष्ठ १६, २०८३

प्रत्येक महिना १५ र ३० गते परिचयपत्र वितरण गर्ने

सोज १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अपाङ्गता भएकाहरुका लागि पुनः प्रत्येक महिनाको १५ र ३० गते परिचयपत्र वितरण गर्ने भएको छ ।

सोही क्रममा विहिबार अपाङ्गता परिचयपत्र वितरण समितिले अपाङ्गता भएकाहरुको शारीरिक र मानसिक अवस्थाको जाँच डाक्टरबाट गराएर परिचयपत्र वितरण कार्य थालेको हो ।

आज मध्यम असक्त ( ग वर्ग ) को पहेंलो रंगको एउटा परिचयपत्र वितरण भएको समितिकी सदस्य सचिव गीता कट्टेलले जनाए । यसअघि सोही मितिमा हुँदै आएको वितरण कार्य कोरोनाको कहरका कारण स्थगित भएको थियो ।

समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, नगर अस्पतालका डाक्टर सावन मेहता सहितको समितिको टोलीले अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने असक्त अवस्थाकालाई घर घरमै गएर परिचयपत्र वितरण कार्य समेत अघि बढाएको थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.