असोज २४ गते, पथरी । धिमाल महिला केन्दिय समितिको तेस्रो अधिवेसनले मञ्जु धिमाललाई नयाँ कार्यसमितिको अध्यक्षमा चयन गरेको छ ।
उर्लाबारी–३ को धिमाल जातीय विकास केन्द्रमा शुक्रबार सम्पन्न अधिवेशनले मञ्जु धिमाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा रोमान्सी धिमाल, सचिवमा रिना धिमाल, सहसचिवमा सविता धिकाल र कोषाध्यक्षमा चन्द्रमाया धिमाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सञ्जना धिमाल, मनिता धिमाल, सुशिला धिमाल, राधा धिमाल, रेणुका धिमाल, मञ्जु धिमाल, माया धिमाल र हेमन्ती धिमाल रहेका छन् । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने ५ जना धिमाल महिला सम्मान गरेका थिए ।