युथ फ्रेण्ड्लि सेन्टर सेमिफाइनलमा प्रवेश

माघ ८ गते, पथरी। मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित शरणार्थी’ फुटबल च्यालेन्ज कपमा आयोजक युथ फ्रेण्ड्लि सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा लेटाङ फुटबल क्बललाई २–० को अन्तरले पराजित गर्दै आयोजक युथ फ्रेण्ड्लि सेन्टर(वाईएफसि) सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १६ औं मिनेटमा उमेश र खेलको ६५ औं मिनेटमा नितिया थापाले १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आयोजक टिमका उमेश राई घोषित हुँदै २ हजार ५ सय रुपैया नगद प्राप्त गरेका थिए ।

विहिबारको खेल आयोजक वाईएफसि (बि) र योङ्ग ब्रदर इलाम बिच हुने आयोजकले बताएका छन । प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएका छन् ।

 

सम्बन्धित खवर