भदौ २० गते, कानेपोखरी । मोरङको कानेपोखरी –२ स्थित दलेलीमा रहेको शिक्षा विकास माविमा चोरी गर्ने दुई जना स्थानीय युवा पक्राउ परेका छन् ।
चोरीको आरोपमा वडा नम्बर २, दलेलीका २० बर्षिय अजय सरदार र वडा नं. ३ राजगन बस्ने २८ बर्षीय प्रदिप चौधरीलाई प्रहरीले सोमबार विहान पक्राउ गरेको हो । उनीहरुलाई इप्रका पथरी र रमाइलो प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेकालाई सोमबार नै इप्रका पथरीले सार्वजनिक गरेको छ ।
उनीहरुले आइतवार रातिको समयमा विद्यालयको कम्युटर कोठाको ताल्चा फुटाई ३ थान कम्युटर, दिवा खाजाखाने कोठाबाट ५ थान आरी, १० केजी चना र बुफर सहित चोरी गरेका थिए । चोरी गरिएको सामानको २ लाख ५० हजार रकम अनुमान गरिएको इप्रका पथरीका डिएसपी वेद प्रसाद गौतमले बताए ।
चोरी गरी स्थानिय नन्दनी सरदारको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले फेलापारेको थियो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी अनुसंन्धान गरिरहेको पथरी प्रहरीले बताएक छन ।