पथरीमा व्यवस्थित बधशालास्थल वन्दै

फागुन २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे १, स्थित पथरी बजारमा व्यवस्थित पशु बधशाला निर्माण सरु भएको छ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत प्रदेश सरकार र पथरीशनिश्चरे नगरपालिकाको संयुक्त लगानीमा गोसलाइन क्षेत्रमा वधशाला निर्माण कार्य सुरु भएको हो ।

प्रदेश सरकारको बढीमा ५० लाख तथा अन्य नगरपालिका कार्यालयको गरी ७५ लाख १४ हजार ४ सय ५१ रुपैयाँको स्टिमेट रहेकोमा ५० लाख ९३ हजार ५ सय ७९ रुपैयाँमा ठेक्का लागेको छ ।

मादी आरकेडा कन्ट्क्सन इटहरीले ०७७ जेठ ३० गतेसम्ममा सम्पन्न गर्न ठेक्काको सम्झौता भएको छ । बधशालामा दैनिक ठूला पशु ५ वटा र साना १२ वटासम्म वध गर्न मिल्ने स्थल वन्ने नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले बताए ।

सम्बन्धित खवर