नगरमा कोरोना सचेतनाको नाटक प्रर्दशन

असार २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले खोप लगाउन खोपकेन्द्रमा आएका बालबालिकाका अभिभावकहरुलाई कोरोना भाइरसको सचेतनाका लागि कचहरी नाटक प्रस्तुत गराएको छ ।नगरको स्वास्थ्य प्रवद्र्धन अभियान अन्तर्गत नगरकै ‘शब्द थिएटरका कलाकारहरुले आज सहरी स्वास्थ्य केन्द्र पथरी र हसन्दह स्वास्थ्य चौकीमा कचहरी नाटक ‘कोरोना’ प्रस्त’त गरेका हुन ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन सहितका जनप्रतिनिधिहरुको आतिथ्यतामा नाटक प्रस्तुत गरेका थिए।
विदेशबाट आएर क्वारेन्टिनमा वस्न नमानेको, कोरोना भाइरस मार्नका लागि भन्दै रक्सि पिएको, कोरोनाबाट बच्न सजकता नअपनाएको तथा कोरोनाबाट ज्यादै त्रसित भएर मानसिक असर समेत परेको विभिन्न पक्षलाई नाटकमा उतारिएको थियो ।

दर्शकहरुकै सुझावका आधारमा कोरोनाबाट बच्ने सजकता अपनाउने कुरामा कचहरी गरिएको थियो । अरुलाई बोलाएर नगरी नियमित खोपमा आउनेहरुका लागि नाटक मार्फत सन्देश प्रवाह गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोनाको त्रास होइन सजकता अपनाऔं, मास्क, सेनिटाइजर लगाऔं, सामाजिक दूरी कायम गरौं, साबुनपानीले मिचीमिची हात धोऔं र आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश प्रवाह गरिएको थियो ।

भूपेन्द्र तिम्सिनाको लेखन, जीवन वरालको निर्देशन, सरोज तिम्सिनाको प्रवन्ध सहितको अभिनयमा मेनुका कुलुङ र लीला कुलुङ सामेल रहेका थिए ।

सम्बन्धित खवर