माघ २६ गते, पथरी । अभिनेता दयाहाङ राई र नग्मा श्रेष्ठद्वारा अभिनित म्युजिकल फिल्म ‘सँगसँगै कान्छी…’ युट्युव मार्फत् सार्वजनिक भएको छ ।
युवा गायक नन्दु गुरुङको गायन रहेको सो भिडियो पूर्वी नेपालमा रहेका भूटानी शरणार्थी र शिविरसँग जोडिएको नेपाली समाजको कथालाई समेटेर तयार पारिएको भिडियो सहितको गीत सार्वजनिक गरिएको हो ।
जमर्काे इन्टरटोमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा भुटानी शिविर र बाहिरी बस्तीका युवा युवतीको प्रेमिल कथालाई प्रस्तुत गरिएको छ । संगीतको क्षेत्रमा म्युजिक भिडियो भन्दा केही फरकपन दिने हेतुका साथ सो सर्ट म्युजिकल फिल्म तयार पारिएको निर्माण पक्षले मनोहर पार्कमा प्रेस मिटमा जानकारी दिएको छ ।
यस्तै पथरीशनिश्चरे १० मा अवस्थित शिविरमा छायांकन गरिएको सो गीतमा अनिल धिरुलको शव्द र देव गुरुङको संगीत रहेको छ । सो भिडियोलाई रंगकर्मी जीवन बरालले निर्देशन गरेको हो । त्यसैगरी कलाकार सरोज तिम्सिनाले सहायक निर्देशकको भूमिका निभाएका छन् । भिडियोलाई भूपेन्द्र तुम्वाहाम्फेले खिचेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।