शरणार्थी च्यालेन्ज कप :आयोजक युथ फेडेरसन फाइनलमा प्रवेश

माघ १२ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित शरणार्थी’ फुटबल च्यालेन्ज कपको आइतबार भएको खेलमा टेन नवोदय पराजित गर्दै आयोजक युथ फेडेरसन क्लब(वाइएफसी) ‘ए’ प्रवेश गरेको छ ।

खेलमा टेन नवोदयलाई २–० गोलको अन्तरले आयोजक युथ फेडेरसन क्लब(वाइएफसी) ‘ए’ फाइनलमा प्रवेश गरेको हो । आयोजकका नितिन थापाले खेलको ७४ औँ मिनेट र खेलको अन्तिम समयमा गरी दुई गोल गरेका थिए ।

टिममा तीनजना बिदेशी खेलाडी सहित राष्ट्रिय खेलाडीले भरीभराउ रहेको टेन नवोदयले खासै गोल पोस्टमा प्रहार गर्न भने सकेन । ७८ औँ मिनेटमा पनि फोकोफोनाले गरेको प्रहारले जाली चुम्न सकेन । बिशाल बस्नेतको क्रस पासमा बिजय धिमालले गरेको प्रहारले पनि पोस्टको दिशा नलिएपछि नतिजा आयोजकलाई सुम्पन बाध्य भयो ।

खेलको म्यान अफ दि म्याच आयोजकका नितिन थापा घोषित हुँदै थापाले २ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । भोलीको खेल बेलबारी फुट्बल क्लव बेलबारी र योङ ब्रोदर सिरिजंगा इलाम बिच हुने आयोजक कमिटिले जनाएको छ ।

 

सम्बन्धित खवर