एभरेष्ट स्कुलका विद्यार्थीमा नयाँ नेतृत्व चयन

मंसिर १२ गते, विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलमा आज विद्यार्थीहरुका लागि नयाँ नेतृत्व चयन भएको छ ।

एक वर्षे कार्यकालका लागि हेडब्वाईमा सौगात तिम्सिना र हेडगर्लमा केशिका श्रेष्ठ चयन हुनुभएको हो । हरेक वर्ष विद्यार्थीहरुका बिच मतदान गराई नयाँ नेतृत्व चयन हुँदै आएको एभरेष्टमा यस वर्षभने सर्वसहमतिमा नेतृत्व चयन गरिएको विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज राजन भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुशार यो सँगै कक्षा २ देखि १० सम्मका हरेक कक्षाका लागि मनिटर र भाईस मनिटर तथा प्रत्येक हाउसका लागि हाउस क्याप्टेन र भाईस क्याप्ेटन पनि चयन गरिएको छ । यस्तै विद्यालय भित्र रहेका विभिन्न कलवका लािग समेत क्याप्टेन र भाइस क्याप्टेन चयन गरि सवैलाई आ–आफ्नो कर्तब्य र जिम्मेवारीका विषयमा अभिमुखिकरण तालिम दिइएको छ ।

विद्यार्थीहरुको पढाईका अतिरिक्त नेतृत्व विकास, अनुशासन र जिम्मेवारीबोध गराउनका लागि नेतृत्व चुन्ने र चुनिने अभ्यास गराइएको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताए ।

सम्बन्धित खवर