पुस ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्बर–८ सोमबारे स्थित प्रभात सामुदायिक युवा क्लबले नगरभित्रका युवा तथा महिलाहरुलाइ नेपालको संबिधान २०७२ र मौलिक हक अधिकार सम्बन्धी ५ दिने कानूनी परामर्श तालिम सुरु गरेको छ ।
शनिबार प्रमुख अतिथि वडाध्यक्ष बाबुराम दाहालले तालिमको उद्घाटन गरी कार्यक्रममा बोल्दै आफु पनि पुरानो सदस्य रहेको प्रभात सामुदायिक युवा क्लबले सक्रिय रुपमा यो क्षेत्रमा सामाजिक रुपान्तरण र जागरणको अभियान थालनी गरेको बताए ।
क्लबका अध्यक्ष नवीन कार्कीको अध्यक्षतामा सम्पन्न तालिममा पथरीशनिश्चरे नगरपालिकाका कानूनी सल्लाहकार दिपक राईले सहजिकरण गरेका छन् ।