डेढ महिने नूमाफुङ ढाका तालिम सुरु

माघ १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे –८ स्थीत स्थानीय नूमाफूङ महिला समूहको आयोजनामा महिलाहरुका लागि ढाकाको कपडा बुन्ने तालिम सुरु भएको छ ।

पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा शुक्रबार देखी डेढ महिने तालिम सुरु भएको हो । तालिमको एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गर्दै महिलाहरु स्वनिर्भर बन्न व्यवसायिक भएर अघि बढ्न प्रोत्साहन प्रदान गरेका थिए ।

समूह अध्यक्ष सुजता लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय समाजसेवी युवा नवीनजंग कार्की सहितले मन्तव्य व्यक्त गरेका थिए । उनले वडामा महिलाहरुको सशक्तिकरणका लागि यसप्रकारका कार्यक्रम आवश्यक रहेको वताउए ।

अघिल्लो वर्ष समेत यस प्रकारको तालिम सञ्चालन भएकोमा चालु वर्षका लागि २ लाख ९० हजार रुपैयाँको बजेट तालिमका साथै तान समेत खरिद गरिएको छ । वडाका २० महिला सहभागि तालिममा अनु सुब्बाले सहजिकरण गर्दैछिन ।

सम्बन्धित खवर