साना किसानद्धारा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यलाई सम्मान

जेठ २९ गते, कानेपोखरी । साना किसान कृषि सहकारी संस्था बयरबनले कानेपोखरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यलाई सम्मान गरेको छ ।

संस्थाको पूर्व अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, संस्थाको सल्लाहकार सदस्य रहेका गाउँपालिका उपाध्यक्ष भोला अधिकारी र संस्थाको उपाध्यक्ष रहेकी वडा नं. ७ की महिला सदस्य तथा कार्यपालिका सदस्य पदम कुमारी कार्कीलाई सम्मान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

शनिबार संस्थामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका थिए । संस्थाकी अध्यक्ष कल्पना भण्डारी निरौला, सदस्यहरु शोभा खनाल, कर्मचारीहरु लगाएतले बधाई तथा शुभकामना दिएका थिए ।

 

सम्बन्धित खवर