नगरको ८ हजार बढी बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाए

पथरी । पथरीशनिश्चरे नगरपालिका भित्रका ८ हजार बढी बाख्राहरुमा प्राविधिकले पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाएका छन् । बुधबार नगरका १० वटै वडामा एकसाथ ८ हजार ७ सय ४० वाख्रामा खोप लगाइएको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले बताए ।

नगरपालिकाको पशुपंक्षी शाखाको आयोजनामा ‘आफु पनि बचौं, पशुपंक्षीलाई पनि बचाउन खोप लगाउँ’ भन्ने अभियानका साथ ३ दिन अघि वडा नम्वर १० को पशुपतिनगर टोलबाट खोपको सुरु गरेका थिए । वडा नम्वर १ मा ४ सय ५०, २ मा ७ सय, ३ मा ९ सय, ४ मा ७ सय, ५ मा १ हजार, ६ मा ५ सय ५०, ७ मा ६ सय ५०, ८ मा १ हजार २ सय, ९ मा १ हजार ३ सय र १० मा १ हजार २ सय ९० वाख्रामा खोप लगाइएको हो ।

नेपाल पारा भेटेरीनगरी एशोसियशन् नगर समितिको समेत सहभागितामा संघीय सरकारको कार्यक्रम अन्तर्गत खोप लगाइएको हो । बाख्राको पछि गाई, भैंसी लगायतका पशुहरुमा लाग्ने विभिन्न रोग विरुद्धको खोप समेत सञ्चालन गर्ने शाखाले बताएका छन् ।

नगरको आर्थिक विकास समितिको निर्णय अनुसार वडा कार्यालयसँग समन्वय गरी फागुन ११ गते खोरेत, चैत २ गते स्वाइन फिवर र चैत ३० गते भ्यागुते र चर्चरे रोग विरुद्धको खोप संचालन गरिने छ ।

सम्बन्धित खवर