फागुन १९ गते, पथरी । जन्मेदेखि ५ वर्षसम्मका ६ हजार ७ सय ४२ जना बालबालिकालाई पोलियो थोपा खुवाउँर्दै मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कार्यक्रम सम्मपन्न गरेको छ । दादुरा रुबेलाको खोप लगाउने र पोलियो थोपा खुवाउने १ साताको कार्यक्रममा सो बराबरको बालबालिकालाई खुवाउर्दै नगरले कार्यक्रम सम्पन्न गरेको हो ।
त्यसैगरी ९ महिनादेखि ५ वर्षसम्मका ५ हजार ८ सय ३९ बालबालिकाले दादुरा रुबेलाको खोप लगाएका छन् । अभियान गत फागुन ७ देखि १६ सम्म सञ्चालित थियो । नगरपालिकाले ५ हजार ५ सय ८९ बालबालिकालाई दादुरा रुबेलाको खोप र ६ हजार ६ सय ३० बालबालिकालाई पोलियो थोपा खुवाउन बनाएको लक्ष्य पुरा गरेको छ ।
खोप लगाउने र औषधि खुवाउने कार्यक्रममा वडाका पायक पर्ने ३८ वटा विद्यालयहरुलाई केन्द्र बनाएर कार्यक्रम अघि बढाइएको थियो । खोप लगाएपछि बालबालिकालाई खोप कार्ड समेत प्रदान गरिएको छ । यसअघि मुख्यगरी खोप अभियानलाई प्रभावकारी बनाउन वडाध्यक्ष, नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, शिक्षक प्रतिनिधि र पत्रकार सहितसँगको अभिमुखिकरण कार्यक्रममा राखिएको थियो ।
३ वर्ष अघि पूर्ण खोप सुनिश्चितताको मापदण्ड पुरा गरेको नगरमा एकैसाथ दादुरा रुबेलाको खोप र पोलियोको समेत औषधि खुवाइने कार्यक्रम तय भएको थियो । सो नगरमा ८० प्रतिशत हाराहारीमा खोप लगाएको अवस्था रहिरहेको छ ।